वि.सं:
नेपाल संवत: ११४५ वछलाथ्व सप्तमी - ७
हिमालपारीको जिल्लाको रुपमा परिचित ऐतिहासिक मुस्ताङ जिल्लामा बसोवास गर्ने लगायत विभिन्न कार्यालयमा कार्यरत कर्मचारीहरुसँग सूचना आदानप्रदान गर्ने एकमात्र माध्यामको रुपमा रहेको हुलाक सेवालाई संचालन गर्ने उद्देश्यले थाकटुकुचेमा वि.सं. २०२९ सालमा छोटी हुलाक कार्यालयको रुपमा स्थापित भएको थियो । वि.सं. २०३१ सालमा मुपस्ताङ जिल्लाको सदरमुकाम जोमसोममा जिल्ला हुलाक कार्यालय स्थापना भए सँगै यस कार्यालय इलाका हुलाक कार्यालयको रुपमा संचालन भएको थियो । नेपाल सरकार मन्त्रिपरिषदको निर्णयअनुसार हुलाक सेवा विभाग र अन्तर्गतका निकायहरुको नयाँ व्यावस्थापन सर्वेक्षण स्वीकृत भएअनुसार वि.सं. २०८१।०४।०१ देखि हुलाक कार्यालय,थासाङ गाउँपालिका,टुकुचे मुस्ताङको रुपमा नामाकरण भई एक स्थानिय तह एक हुलाकको अवधारणा बमोजिम स्थापना भएको संघीय संरचना अनुसार संघीय सरकारको कार्यालयको रुपमा हुलाक सेवा विभागले तोकेको जिम्मेवारी पूरा गर्दै आइरहेको छ ।यस कार्यालयको सेवा क्षेत्र थासाङ गाउँपालकिा रहेको छ । नयाँ स्वीकृत दरवन्दी तेरिज बमोजिम यस कार्यालयमा १ रा.प.अनं.द्वितीय श्रेणी खरिदार ,र ४ जना श्रेणीविहिन हुलाकी/हल्कारा को दरबन्दी रहेको छ ।
सम्पर्क व्यक्तीः हल्कारा गोपाल प्रसाद शर्मा सापकोटा
सम्पर्क नम्वरः ९८४६००२१०६