वि.सं:
नेपाल संवत: ११४५ वछलाथ्व सप्तमी - ७
संचारको आदानप्रदानलाई सहज तुल्याउन भौगोलिक विकटता रहेको यस जिल्लामा इलाका स्तरीय कार्यालयहरु स्थापना गर्ने क्रममा इलाका हुलाक कार्यालय,चराङको नाममा वि.सं. २०५३ सालमा साविक चराङ गाविसको चराङमा स्थापना भएको हो । स्थापना कालदेखि नै यस कार्यालय भाडामा संचालन भैरहेको छ । ।संघीय संरचना बमोजिम लो-घेकर दामोदरकुण्ड गा.पा.-१ चराङमा यस कार्यालय रहेको छ । एक स्थानीय तह एक हुलाकको अवधारण बमोजिम नेपाल सरकार मन्त्रिपरिषदको २०८०।१०।२५ गतेको निर्णय अनुसार वि.सं. २०८१।०४।०१ देखि हुलाक कार्यालय,लो-घेकर दामोदरकुण्ड गाउँपालिका को नामले स्थापित भएको छ । हुलाक सेवा विभागबाट प्राप्त दरवन्दी तेरिज बमोजिम १ खरिदार,४ श्रेणीविहिन हुलाकी/हल्कारा रहेको छ ।
यस कार्यालयको सम्पर्क व्यक्ति
हल्काराः- श्री कर्च्युङ गुरुङ
सम्पर्क नम्वरः- ९७६५६३२७६६