महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ वछलाथ्व सप्तमी - ७

हुलाक टिकट

देशका लागि महत्वपूर्ण योगदान दिएका व्यक्तिहरु तथा देशको पहिचान बोकेका भौगोलिक क्षेत्रहरुलाई अंकित गरी नेपाल सरकारको निर्णय अनुसार वर्षेनी विभिन्न दरका टिकटहरु प्रकाशन हुने गर्दछन् । टिकटको माध्यमद्वारा नेपालका विभिन्न क्षेत्रहरुको राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसारमा सहयोग पुगेको छ । जिल्ला हुलाक कार्यालय,मुस्ताङको राजश्वको प्रमुख स्रोत हुलाक टिकट विक्री रहेको छ । यस कार्यालयमा मुख्य रुपमा रु.१,रु.५,रु.१०,रु.३५ र रु.४० दरका टिकटहरु विक्री हुने गरेको छ ।