महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ वछलाथ्व सप्तमी - ७

परिचय

नेपालमा चिठीपत्र मार्फत खवर,सूचना र समाचार आदान प्रदान गर्ने उद्देश्यले तत्कालिन राणा प्रधानमन्त्री रणोद्दिप सिंहको पालामा वि.सं. १९३५ मा नेपाल हुलाक घरको स्थापना भई हुलाक सेाको प्रारम्भ भएको पाइन्छ ।हुलाक सेवालाई नेपालमा थप व्यवस्थित प्रभावकारी र जनमुखी वबनाउन वि.सं. २०१९ मा हुलाक सेवा ऐन आएपछि हुलाक सेवाको समूचित व्यवस्थापन गर्दै आएको छ। जसअनुसार हिमालपारीको जिल्लाको रुपमा परिचित हिमाली जिल्लाका नागरिकहरुलाई चिठीपत्र आदानप्रदान गर्न सहजता ल्याउन वि.सं. २०३१ सालमा जिल्ला हुलाक कार्यालय ,जोमसोम,मुस्ताङमा स्थापना भएको हो । नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय,हुलाक सेवा विभाग अन्तर्गतको जिल्ला हुलाक कार्यालय संघीय कार्यालय हो ।यस कार्यालय मुस्ताङ जिल्ला घरपझोङ गाउँपालिका-४ जोमसोममा आफ्नै भवनमा अवस्थित छ । यस जिल्लामा साविक ८ वटा इलाका हुलाक कार्यालय र ७ वटा अतिरिक्त हुलाकबाट जिल्लाको कुनाकाप्चासम्म संचार आदानप्रदान गर्दै आएकोमा संघीय संरचना अनुसार यस जिल्लामा रहेका ५ गाउँपालिका मध्ये थासाङ गाउँपालकिा,वारागुङ मुक्तिक्षेत्र गाउँपालिका,लो-घेकर दामोदरकुन्ड गाउँपालिका र लोमन्थाङ गाउँपालिकामा एक स्थानीय तह एक हुलाक कार्यालय कार्यान्वयन भएापश्चात १ जिल्ला हुलाक कार्यालय, ४ स्थानीय हुलाक कार्यालय र ६ अतिरिक्त हुलाकबाट सेवा संचालन भैरहेको छ ।