वि.सं:
नेपाल संवत: ११४५ वछलाथ्व सप्तमी - ७
संचारको आदानप्रदानलाई सहज तुल्याउन भौगोलिक विकटता रहेको यस जिल्लामा सर्वप्रथम स्थापित मुस्ताङ इलाका हुलाक कार्यालय, लोमन्थाङ मुस्ताङको नाममा वि.सं. २०२५ सालमा साविक लोमन्थाङ गाविसको ऐतिहासिक स्थलको रुपमा परिचित लोमन्थाङमा स्थापना भएको हो । स्थापना कालदेखि नै यस कार्यालय भाडामा संचालन भैरहेको छ । यस कार्यालयमा वि.सं. २०६७ सालमा टेलिसेन्टर स्थापना भई फोटोकपी,लेमिनेशन सेवा संचालन शुरु भएतापनि प्रविधिको विकाससँगै अन्य सेवाहरु निजीक्षेत्रबाट उपलव्ध भएसँगै वि.सं. २०७४ मा टेलिसेन्टर खारेज भएको थियो ।संघीय संरचना बमोजिम लोमन्थाङ गा.पा.-५ लोमन्थाङमा यस कार्यालय रहेको छ । एक स्थानीय तह एक हुलाकको अवधारण बमोजिम नेपाल सरकार मन्त्रिपरिषदको २०८०।१०।२५ गतेको निर्णय अनुसार वि.सं. २०८१।०४।०१ देखि हुलाक कार्यालय,लोमन्थाङ गाउँपालिका को नामले स्थापित भएको छ । हुलाक सेवा विभागबाट प्राप्त दरवन्दी तेरिज बमोजिम १ खरिदार,४ श्रेणीविहिन हुलाकी/हल्कारा रहेको छ ।
सम्पर्क व्यक्तिः हुलाकी धिकी गुरुङ
सम्पर्क नम्वरः ९८४३९३३५५१