प्रशासन तथा जिन्सी शाखा

  • टिकट प्राप्ती र भण्डारण गर्ने ।
  • डाँक सञ्चालन गर्ने र कर्मचारीहरुलाई आलोपालोको व्यवस्थापना गर्न लगाई डाँक जुनसुकै समयमा बुझ्ने र बुझाउने व्यवस्था मिलाउने।
  • पालिका हुलाक कार्यालयसँग समन्वय र अनुगमन गर्ने ।
  • जिल्ला तथा मातहतका कार्यालयहरुको प्रशासनिक काम गर्ने ।
  • समयानुकुल डाँक रेखा निर्तमाण तथा अद्यावधिक गर्ने ।
  • हुलाक सेवा विभागमा नियमित प्रतिवेदन पेश गर्ने ।
  • समय समयमा हुलाक सेवा विभागले लगाएका अन्य कामहरु गर्ने
  • हुलाक सेवा संचालन गर्ने क्रममा हुलाक सेवा विभागलाई सुझाव पेश गर्ने ।
  • हुलाक सेवा विभागबाट प्रदान गर्ने सेवाहरुका वारेमा प्रचार प्रसार तथा प्रवर्द्धन गर्ने ।
  • हल्कारा/हुलाकीहरुलाईखटाइएको ठाउँमा तोकिए बमोजिमको कार्य भए नभएको अनुगमन गर्ने ।
  • हल्काराहरुलाई समयमै हुलाक वस्तु बुझी समयमा नै वितरण गर्न लगाउने ।
  • दर्ता चलानी फाइललाई चुस्त दुरुस्त बनाउने ।
  • मासिक,त्रैमासिक र वार्षिक विवरणहरु सम्बन्धित निकायमा पठाउने ।

डाँक तथा टिकट शाखा

  • हुलाक वस्तु दर्ता गर्ने,
  • हुलाक वस्तु वितरण गर्ने,
  • टिकट विक्री गर्ने,
  • शाखासँग सम्बन्धित कार्यको नियमित प्रतिवेदन गर्ने,
  • टिकटविक्री कार्यलाई सेवाग्रहीमैत्री बनाउने ,
  • आन्तरिक तथा वैदेशिक डाँक सेवा सम्बन्धी काम गर्ने ,
  • हुलाक वस्तुको संकलन तथा वितरण कार्यलाई व्यवस्थित गराई तोकिए बमोजिमको सफ्टवेयर प्रणालीमा प्रविष्टी गर्ने ,
  • टिकट विक्री राजश्व समयमा नै दाखिला गर्ने।

लेखा शाखा

  • चालु तथा पुँजिगत बजेट निकासा लिने,
  • निकासा खर्चको स्रेष्ता अद्यावधिक राख्ने,
  • कार्यालयको आर्थिक विवरण तयार गरी पेश गर्ने,
  • विनियोजन,धरौटी,राजश्व आदिको स्रेस्ता राख्ने र सो को प्रतिवेदन तयार गरी सम्बन्धित निकायमा प्रतिवेदन गर्ने ,
  • कर्मचारी संचयकोष,नागरिक लगानी कोष,विमा,सापटी,कर कट्टी र अन्य रकमहरु सम्बन्धित निकायमा दाखिला गर्ने,
  • आर्थिक कारोवारहरुको आन्तरिक तथा अन्तिम लेखापरिक्षण गराउने,
  • कर्मचारीहरुको तलवी प्रतिवेदन पास गराउने ।

काउन्टर

  • हुलाक वस्तु दर्ता गर्ने,
  • हुलाक टिकट विक्री गर्ने,
  • आवश्यकतानुसार हुलाक वस्तु वितरण गर्ने,