महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ वछलाथ्व सप्तमी - ७

चिठीपत्र

जिल्ला हुलाक कार्यालय मुस्ताङमा चिठीपत्र सेवा नै प्रमुख सेवाको रुपमा रहेको छ । हुलाक कार्यालयको हुलाक सेवा स्थापना काल देखि नै रजिष्ट्री, सादा चिठीपत्र दर्ता गर्ने, वितरण गर्ने कार्य नै प्रमुख कार्यको रुपमा रहेको छ । मुस्ताङ जिल्लामा टिकट विक्रीको मुख्य स्रोत रजिष्ट्री चिठीपत्र दर्ता नै हो । यस जिल्लामा चिठी पत्रको डाँक ढुवानी कार्य सतहबाट पैदलको माध्यम भएकोले पत्रहरु सम्बन्धित ठाउँमा पुर्याउन अलि लामो समय लाग्ने गरेको छ । हुलाकको माध्यामद्वारा प्रदान गरिने डाँकढुवानी सेवा विश्वसनीय तर ढिला भएको जनगुनासो रहेता पनि हालसम्म डाँक सेवा यातायातको माध्यामद्वारा गर्न सकिएको छैन । रजिष्ट्री र सादा चिठीपत्र एकस्थान बाट अर्को स्थानमा पठाउँदा हुलाक सेवा विभागले तोकेको हुलाक महशुल दर अनुसार हुने गर्दछ । हुलाक महशुल दर तलको फाइलबाट जानकारी पाउन सकिन्छ ।