वि.सं:
नेपाल संवत: ११४५ दिल्लाथ्व त्रयोदशी - १३
संचारको आदानप्रदानलाई सहज तुल्याउन भौगोलिक विकटता रहेको यस जिल्लामा इलाका स्तरीय कार्यालयहरु स्थापना गर्ने क्रममा इलाका हुलाक कार्यालय,कागवेनीको नाममा वि.सं. २०४५ सालमा साविक कागवेनी गाविसको पवित्र धार्मिक स्थलको रुपमा परिचित कागवेनीमा स्थापना भएको हो । स्थापना कालदेखि भै यस कार्यालय भाडामा संचालन भैरहेको छ ।यस कार्यालयमा वि.सं. २०६७ सालमा टेलिसेन्टर स्थापना भई फोटोकपी,लेमिनेशन सेवा संचालन शुरु भएतापनि प्रविधिको विकाससँगै अन्य सेवाहरु निजीक्षेत्रबाट उपलव्ध भएसँगै वि.सं. २०७४ मा टेलिसेन्टर खारेज भएको थियो ।संघीय संरचना बमोजिम वारगुङ मुक्तिक्षेत्र गा.पा.-४ कागवेनीमा यस कार्यालय रहेको छ । एक स्थानीय तह एक हुलाकको अवधारण बमोजिम नेपाल सरकार मन्त्रिपरिषदको २०८०।१०।२५ गतेको निर्णय अनुसार वि.सं. २०८१।०४।०१ देखि हुलाक कार्यालय,वारागुङ मुक्तिक्षेत्र गाउँपालिका को नामले स्थापित भएको छ । हुलाक सेवा विभागबाट प्राप्त दरवन्दी तेरिज बमोजिम १ खरिदार,४ श्रेणीविहिन हुलाकी/हल्कारा रहेको छ ।
सम्पर्क व्यक्तीः खरिदार मिथिलेश कुमार
सम्पर्क नम्वरः ९८४१२४२३४२